पाल्पाका आगलागी पीडितलाई एनआरएनए युएईको सहयोग

पाल्पा (रामपुर): गैर आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेट्स युएईस्थित दुबईले रामपुर–६ पाल्पा को आगलागी पीडितलाई सहयोग गरेको छ ।

रामपुर–६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार ५१७ रुपैयाँ सहयोग गरको हो । सुनारको घरमा गत जेठ १३ गते विद्युत् सर्ट भएर टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो ।

याे पनि पढ्नुस  ग्लोबल मिसन पिक्चर्स अवार्ड युएईमा सम्पन्न,नन्दु राई बेस्ट अफ कम्पोजर

आगलागीको खबर गायक बद्री पङ्गेनीले जानकारी गराएका थिए । आगलागी भएको थाहा पाएपछि गैर आवासीय नेपाली संघ युएईको दुवई क्षेत्रको समितिको सक्रियतामा स्वदेशमा परेको अप्ठ्यारोमा केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको हो ।

गैर आवासीय नेपाली संघको पहलमा युएईको दुवई क्षेत्र समितिबाट संकलन भएको उक्त रकम मल्लका भाई थमन मल्लसहितको उपस्थितिमा बुधबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सुनारको घर मै पुगेर हस्तान्तरण गरे ।

याे पनि पढ्नुस  सरकारले श्रम अनुमति नदिएपछि दसैंमा घर फर्किन सकेनन् घरेलु कामदार

रकम हस्तान्तरण गर्दै थापाले जन्मभूमी प्रति प्रवासमा रहेका दाजुभाईहरुले देखाएको सद्भावको प्रशंसा गरे । पिडित सुनारले सहयोगका लागि धन्यवाद ज्ञापन गरे । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि कोठामा रहेको टिभी, फ्रिज र लत्ताकपडा जली नष्ट भएका थिए ।

याे पनि पढ्नुस  नेपाल फर्किएका नेपालीहरूप्रति अपमान गरिएको भन्दै एनआरएन युएईद्वारा भर्त्सना

कमेन्ट गर्नुहोस्