अन्नपूर्ण पोस्टका प्रधानसम्पादक थापाद्वारा पदबाट राजीनामा

काठमाडौंः अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन् । बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रधानसम्पादक थापाले राजीनामा पत्र बुझाएका हुन् ।

थापा २०७५ साउन १६ गते अन्नपूर्ण पोष्टको प्रधानसम्पादकमा नियुक्त भएका थिए । पछिल्लो समय अन्नपूर्ण मिडिया नेटवर्क र प्रधानसम्पादक थापाबीच पत्रकार, कर्मचारीको तलबबारे मतभेद भएको थियो ।

याे पनि पढ्नुस  फ्रान्सका प्रधानमन्त्रीले दिए अचानक राजीनामा

व्यवस्थापनले पत्रकार तथा कर्मचारीको तलब दिन आनाकानी गरेपछि प्रधानसम्पादक थापाले पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध गराउनु पर्ने अडान राख्दै आएका थिए ।

फागुनदेखि अन्नपूर्ण पोष्टले जिल्ला संवाददातालाई तलब नदिएको र काठमाडौंका पत्रकारलाई पनि आधा तलबमा काम गर्न दबाब दिएको स्रोतले बतायो

याे पनि पढ्नुस  मन्त्री तामाङद्वारा राजीनामा

कमेन्ट गर्नुहोस्