पाल्पामा पत्ता लाग्यो अनौठो गुफा ! (तस्बीरसहित)

काठमाडौंः पाल्पामा एक अनौठो गुफा पत्ता लागेको छ । तानसेन नगरपालिका–१४ अर्गलीस्थित रनुवा भन्ने ठाउँमा उक्त गुफा पत्ता लागेको हो ।

स्थानीय युवाले आफ्नै पहलमा गुफाबारे थप तथ्य पत्ता लगाउने प्रयास गरेका हुन् । सिद्ध गुफा नाम दिइएको उक्त गुफाको लम्बाई करिब ४० मिटर रहेको स्थानीय दुर्गाराज पान्डेले जानकारी दिए ।

याे पनि पढ्नुस  दशैंमा भत्ता वितरण नहुँदा जेष्ठ नागरिक दुखी

रनुवास्थित कोलाचौर मन्दिर नजिकै उक्त गुफा रहे पनि अहिलेसम्म यसबारे सामान्य अध्ययन पनि सुरु भएको थिएन । स्थानीय युवाले लकडाउनको उपयोग गर्दै गुफाबारे थप अध्ययन गरेका हुन् ।

गुफाको नाप लिनेदेखि, सरसफाई गर्ने र सिंढी निर्माण गर्ने काम पूरा भएको पान्डेले बताए । त्यस्तै गुफा भित्रको साँघुरो क्षेत्रमा हिँडडुल गर्न सजिलो बनाउने प्रयास पनि भइरहेको उनले बताए ।

याे पनि पढ्नुस  पाल्पा पहिरोः मृत्यु भएका तीनै जनाको परिचय खुल्यो

गुफाभित्र कलात्मक आकृति देख्न सकिन्छ । आकृतिसहित यसको बनावटले गुफालाई थप अनौंठो बनाएको छ । गुफाको संरक्षण गर्दै यसभित्र आवतजावत सहज बनाउन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने स्थानीयको विश्वास छ ।

पाल्पा, स्याङ्जा र गुल्मीको संगम क्षेत्र नजिकै रहेकोले पनि छिमेकी जिल्लाबाट गुफा दर्शनका लागि पर्यटक ल्याउन सकिने उनीहरूको भनाई छ । तानसेन–रिडी–तम्घास सडकखन्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दुरीमा उक्त गुफा पुग्न सकिन्छ । गोरखापत्र अनलाइनबाट साभार

याे पनि पढ्नुस  १ नेपालीसहित ६ पर्यटक भारतको गुफामा भेटिए

कमेन्ट गर्नुहोस्