सीमामा भारतीयसँग सुरक्षाकर्मीको झडप, १ को मृत्यु

वीरगञ्जः सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको छ ।

त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलेको छैन । घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  प्रहरी जवानले आफैंलाई गोली हाने, अवस्था गम्भीर

भारतीयहरूले प्रहरीको हतियार खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको पुष्टि गरे ।

नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि उनीहरूले आक्रमण गरेका थिए । हतियार खोसेर लगे । हतियार फिर्ता ल्याउन पहिला १० राउन्ड हवाइ फायर गर्दा पनि उनीहरूले हतियार नदिएपछि पछि प्रहरीले गोली हानेको हो ।

कमेन्ट गर्नुहोस्