भारतीयमाथि गोली ठोक्न किन बाध्य भयो सशस्त्र प्रहरी ?

वीरगञ्जः नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा आक्रमण भएपछि सशस्त्र प्रहरीले गोली चलाएको छ । उक्त घटना सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भएको हो ।

आक्रमण गरेर भारतीयले हतियार खोसेर लगेपछि सशस्त्र प्रहरीले शुरूमा १० राउन्ड हवाइ फायर गरेको थियो । तर, हवाइ फायर गर्दा खोसेका हतियार फिर्ता नदिएपछि अन्तत बाध्य भएर सशस्त्र प्रहरीले भारतीयमाथि गोली ठोकेको सर्लाहीका एसपी गंगाराम श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  सशस्त्रका ४३४ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)

प्रहरीले भारतीयमाति १५ राउन्ड गोली ठोकेको हो । सो क्रममा एकजना भारतीयको मृत्यु भएको छ । मृतक भारतीयको परिचय खुलेको छैन ।

घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  महोत्तरीमा गोली चल्यो, १ जनाको मृत्यु

भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको छ । भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको हो ।

याे पनि पढ्नुस  दार्चुलाको छाङरु पुग्यो सुरक्षाकर्मीको टोली

सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले उक्त घटना भएको हो ।

कमेन्ट गर्नुहोस्