चार्टर्ड उडानको भाडा घटाउन एनआरएन कतारको माग

दोहाः गैर आवासीय नेपाली संघ कतारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि संचालन गरिएको चार्टर्ड उडानको भाडादर अत्यन्तै धेरै भएको भन्दै त्यसलाई कम गर्न सरकार समक्ष माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले नेपाल सरकारले तोकेको हवाई भाडा दरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यति महँगो हवाई भाडा तिर्न नसक्ने बताएको छ ।

याे पनि पढ्नुस  कतारमा १ नेपालीलाई मृत्युदण्ड

विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम त वास्तविक पीडित जोसँग खानाको लागि खाद्यान्न समेत छैन । उनीह– सरकारले तोकेको भाडादर भुक्तान गर्न सक्दैनन् ।’

कतिपय नेपालीलाई कम्पनीले नै बस्न र खाना व्यवस्था गरेका र कति सहयोग मागेर वा आफन्तसंग ऋण गरेर पनि गुजारा गरिरहेको भन्दै संघले भनेको छ, ‘समस्यामा परेकालाई सरकारले नै भाडा भुक्तान गरि उद्धार गर्नुपर्छ ।’

याे पनि पढ्नुस  कतारमा वनभोजको रमाइलो  

सरकारले उद्धार उडान भनेर कतारको लागि तोकेको भाडादर सामान्य अवस्थामा भन्दा झन्डै चार गुडा बढी छ ।

कमेन्ट गर्नुहोस्