काठमाडौंः कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् ।
नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।
नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुको लागि सूचनाLink…
Posted by Embassy of Nepal, Doha, State of Qatar on Friday, June 12, 2020
उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरूबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ ।
४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः