आज कुन जिल्लामा कति काेराेना संक्रमित भेटिए ?

काठमाडौंः आज नेपालमा २ सय ७३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३६ महिला र २४७ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिलासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोशी अस्तपालको प्रयोगशालामा झापाका १ जना र मोरङका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  प्रदेश १ मा एकै दिन ४० जनाले जिते कोरोना

नारायणी अस्पतालको प्रयोगशालामा पर्साका ६ जना र बाराका १ जनामा कोरोना संक्रमण भएको पाइएको छ । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परीक्षणमा पर्वतका ४ जना र नवलपरासी पश्चिमका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयले जानकारी दिएको हो।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ५ जना र दाङका २ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

याे पनि पढ्नुस  मुख्यमन्त्री भट्टका सवारी चालकमा देखियो कोरोना

सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेका ३० जना र सुर्खेतका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भेरी अस्तपालको प्रयोगशालामा बाँकेका १८, रोल्पाका १७ जना र बर्दियाका ६ जनामा पनि कोरोना संक्रमण पाइएको छ। यस्तै गरी त्रिवि शिक्षण अस्तपाल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका १ जना र सर्लाहीका २ जनासमेत कोरोना संक्रमित देखिएका छन्।

याे पनि पढ्नुस  काठमाडौंमा थप १ जनामा कोरोना पुष्टि

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना, कपिलवस्तुका २०, र रुपन्देहीका ५ मा समेत संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ४८ र सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्