भीमदत्तमा कोराना कहरकैबीच सुरू भएको मेयर टोलटोल स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न, ६ हजार बढीले पाए सेवा

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालन गरिएको मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सकिएको छ ।

भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी गत जेठ पहिलो सातादेखि कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका सबै १९ वडाका तीन/तीन स्थानमा कार्यक्रम गरी वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रमबाट ६ हजार १० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत ८१ जनालाई प्रयोगशाला सेवा समेत प्रदान गरिएको छ ।

समापन कार्यक्रममा भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका सबले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘कार्यक्रम सञ्चालनमा प्रमुखज्यूको विशेष हौसला प्राप्त भएर उच्च मनोबलका साथ कार्यक्रम सफल रुपमा सम्पन्न गरिएको छ’ शाखा प्रमुख जोशीले भने, ‘शाखाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका सबैको भूमिका महत्वपूर्ण छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

याे पनि पढ्नुस  भीमदत्तमा पिसिआर मेसिन खरिद प्रक्रिया सुरु, बोलपत्र आह्वान

स्वास्थ्य शाखा प्रमुख जोशीले कोभिड १९ सम्बन्धि वासिन्दालाई जनचेतना फैलाउनका साथै लकडाउनका कारण समस्या परेका ज्येष्ठ नागरिक, दीर्घरोगी लगायतका वासिन्दालाई लक्षित गरी कार्यक्रम गरिएको बताए । भीमदत्त नगरपालिका २ बाट सुरू गरिएको कार्यक्रम भीनपा १० मा समापन गरिएको छ ।

ये विशेष मेयर सुरू गरिएको कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं. ३ मा कोभिड सम्बन्धि परामर्श सहित स्वास्थ्य जाँच, औषधि वितरण लगायतका कार्यक्रम गरिएका छन् ।

भीनपाका आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका फार्मेसी सहायक जीवन साउँदले वडा नं. ३ का तीन स्थानमा कार्यक्रम सञ्चालन गरी सेवा प्रदान गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाको सातौंं नगर सभा सुरु

फार्मेसी सहायक साउँदका अनुसार ३ सय ३० जनालाई औषधि वितरण गरिएको छ । यसैगरी २८ जनाको प्रयोगशला जाँच गरिएको छ । भीनपा २ बाट कार्यक्रम सुरू गरिएको कार्यक्रम बिहीबार वडा नं. ३ मा सञ्चालन गरिएको थियो ।

मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नं. २ मा ३ सय ६३, वडा नं. १ मा २ सय २४, वडा नं. ३ मा ३ सय ३०, वडा नं. १२ मा २ सय ६५, वडा नं. १८ र ४ मा ३ सय ६०, वडा नं. १५ मा ३ सय ८९, वडा नं. ९ मा ४ सय १, वडा नं. ११, १८ मा ५ सय ४१, गडा नं. ६ मा ३ सय ११, वडा नं. १३ मा ३ सय ७९ र वडा नं. १४ मा ४ सय ४ जनालाई सेवा प्रदान गरिएको छ ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध सबै संयन्त्र प्रयोग गर्ने भीमदत्त नगर कार्यपालिकाको निर्णय

यसैगरी सेवा पाउनेमा वडा नं. ५ मा ३ सय ४१, वडा नं. ७ मा ३ सय ८३, वडा नं. ८ मा २ सय १५, वडा नं. १५ मा २ सय, वडा नं. १९ मा २ सय ५५, वडा नं. १६ मा २ सय ७ र वडा नं. १० मा ४ सय २२ जना छन् ।

सबै वडामा सञ्चालन गरिएको कार्यक्रममा वासिन्दाको स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको स्वास्थ्य शाखाका फार्मेसी सहायक जीवन साउँदले बताए ।

कमेन्ट गर्नुहोस्