आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित ?

काठमाडौंः नेपालमा आइतबार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।

आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताए ।

याे पनि पढ्नुस  धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टाइनमा

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो ।

प्रवक्ता डा।गौतमकाअनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा ३६६ संक्रमित, कहाँ कति ?

यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौंडामा भएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ ।

याे पनि पढ्नुस  अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको उनले बताए ।

संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

कमेन्ट गर्नुहोस्