प्रेमिका भेट्न होस्टल गएका चिकित्सकको मृत्यु

एक युवा चिकित्सकको प्रेमिकालाई भेट्न होस्टल जाँदा पाइपबाट चिप्लेर ज्यान गएको छ । यो समाचार भारत मध्य प्रदेश इन्दौरको हो ।

प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चिप्लियो । उनलाई अस्पताल पुर्‍याइएको थियो र त्यहीँ उनको मृत्यु भयो ।

याे पनि पढ्नुस  चिकित्सकद्धारा प्रधानमन्त्रीलाई धपेडी नगर्न सुझाव

इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत् तल आइरहेको बेलामा चिप्लेका थिए ।

चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्