भारतीय सेनाको विषयमा विवादास्पद ट्‌विट गरेपछि सीएसकेका टिम डाक्टर निलम्बित

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टिम चेन्नई सुपर किंग्स (सीएसके) ले आफ्ना टिम डाक्टरलाई निलम्बित गरेको छ ।

भारतीय सेनाका शहिदको विषयमा विवादित ट्‌विट गरेपछि चेन्नईले डा. मधु ठोत्तपिलिललाई टिमबाट निलम्बित गरेको हो ।

उनले शहिदको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । त्यसलगत्तै चेन्नइले उनलाई टिमबाट हटाएको हो ।

याे पनि पढ्नुस  आइपीएलको पुरस्कार राशी कटौती गर्ने बीसीसीआईको निर्णयप्रति फ्रेन्चाइज टोलीको आपत्ति

‘चेन्नई सुपर किंग्सका टिम व्यवस्थापन डा. मधु ठोत्तपिलिलले गरेको ट्विटको विषयमा जानकार छैन। उनले आफ्नो निजी ह्यान्डलबाट ट्विट गरेका छन्। उनलाई पदबाट निलम्बन गरिएको छ। उनको ट्विटमा चेन्नई दुःखी छ’ चेन्नईले सामाजिक सञ्जालमा भनेको छ । यसअघि लद्दाखको गल्वान उपत्यकामा सोमबार राति चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  दिल्ली क्यापिटल्समा अनुबन्ध भएका वोक्सले आइपीएल नखेल्ने

सैनिकको मृत्यु भएको खबरपछि चेन्नईका टिम डाक्टर मधुले कफिनमा पिएम केयरको स्ट्रिकर टासिएर आउछ कि आउँदैन भन्ने विषयमा चासो लागेको भन्दै ट्‌विट गरेका थिए ।

कमेन्ट गर्नुहोस्