रूसमा कोरोनाको कारण करिब ५०० चिकित्सकको मृत्यु

काठमाडौंः रूसमा कोरोना भाइरस संक्रमणको कारण ४८९ चिकित्सकहरूको मृत्यु भएको छ ।

देशका स्वास्थ्य मामिलाहरूको अनुगमन गर्ने सरकारी संस्था रोज्रावनादजोरले यो जानकारी सार्वजनिक गरेको छ ।

त्यहाँ गत महिना १०१ जना चिकित्सकको मृत्यु भएको थियो । तर, पछिल्लो समय द्रुत गतिमा चिकित्सकको मृत्यु भएको हो ।

रोजद्रवनादजोरका प्रमुख अला सामोइलोभाले भनेका छन्, ‘मुख्य समस्या भनेको सुरक्षा उपकरणको आपूर्तिमा समस्या आएको छ । यदि सत्य बोल्छु भने शुरुमा त्यहाँ धेरै समस्याहरू थिए । त्यहाँ केही कमजोरीहरू पनि थिए ।’

रूसमा अहिले कोरोना संक्रमित ५ लाख ६० हजारभन्दा बढी छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ७ हजार बढी नयाँ संक्रमित थपिए ।

कोरोना संक्रमणको सन्दर्भमा रूस विश्वमा तेस्रो स्थानमा छ । त्यहाँ हालसम्म यहाँ कोरोनाबाट ७ हजार ६६० जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्