कपिलवस्तुमा कोरोना संक्रमित महिलाले जन्माइन् शिशु

बुटवलः कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया १ कोरोना संक्रमित महिलाले शिशु जन्माएकी छिन् ।

नेपालगगञ् मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ती महिलाले शिशुलाई जन्माएकी हुन् ।

प्रसुतीमा संलग्न रहेका डाक्टर लम्लेन्द्रप्रसाद कुसहवाले महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको बताए ।

उनकाअनुसार ती महिला शुक्रबार राति करिब १ बजे अस्पताल आइपुगेकी थिइन् । ‘शिशुको तौल २ किलो ४ सय ग्राम छ । आमा र शिशुको स्वास्थ्य सामान्य छ,’ उनले भने । पेट दुखेको बताएकी महिलालाई रूपन्देहीको भीम अस्पतालले रिफर गरेको थियो ।

याे पनि पढ्नुस  ‘जुम मिटिङ’मा नरेन्द्र मोदी छिरेर प्ले गरेका थिए पोर्न भिडियो

ती महिला एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा थिइन् । पीसीआर परीक्षण गर्दा ३० जेठमा उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले बताए ।

उनकाअनुसार शिशु र आमाको फेरि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।

याे पनि पढ्नुस  थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

कमेन्ट गर्नुहोस्