प्रवासी नेपालीको पीडा समेटिएको ‘आउँछु फर्केर’ सार्वजनिक (भिडियो)

काठमाडौंः कोरोना महामारीमा विदेशी भुमिमा रहेका नेपालीहरूको पिडालाई समेटेर तयार पारिएको लोक दोहोरी गीत ‘आउँछु फर्केर’ सार्वजनिक भएको छ ।

गीतमा प्रभावन जेको शब्द, लय र स्वर रहेको छ । जेलाई स्मृति गौतमले पनि साथ दिएका छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय छ । पिटर गुरुङले छायांकन गरेको भिडियोको सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र व्यवस्थापन बिबेक चौलागाईं रहेका छन् ।

याे पनि पढ्नुस  ‘जहाँ कोरोना संक्रमितको मृत्यु, त्यहीँ अन्त्येष्टि’

केही समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामुलक गितहरू कालापानी, कोरोना, घरमै बसौनको साथै चेतनामुलक छोटा चलचित्र बजारमा ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्