सुनको मूल्य घट्यो

काठमाडौंः कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज ४ सयले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी ९ सय ४० मा खरिदबिक्री भइरहेको छ ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुन?

बन्दाबन्दीयता जेठ २५ गते १ तोला सुनको मूल्य १० हजार ४ सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

कमेन्ट गर्नुहोस्