रामदेवले ल्याए ‘कोरोनिल ट्याबलेट’ बजारमा, कोरोना संक्रमित निको हुने दाबी

काठमाडौंः भारतीय योगगुरू रामदेवले कोरोना भाइरस (कोभिड-१९) संक्रमितका लागि भनेर आयुर्वेदिक औषधि ल्याएका छन् ।

मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका २ औषधि सार्वजनिक गरेका हुन् । यो औषधिले कोभिड-१९ का बिरामी निको हुने कम्पनीको दाबी छ ।

याे पनि पढ्नुस  नेपालमा यी ६ जिल्ला कोरोना संक्रमणमुक्त

क्लिनिकल ट्रायलका क्रममा दुबै औषधिले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ ।

‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो। हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधि तयार गर्‍यौं,’ रामदेवले भने, ‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधि तयार गरिएको हो। यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ। हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं ।’

याे पनि पढ्नुस  महाकाली अस्पतालमा ५० शैयाको ‘आइसोलेसन’ तत्काल निर्माण गरिने मुख्यमन्त्री भट्टको घोषणा

रामदेवले कोभिड-९ निको हुन्छ भनेर दाबी गरिएको औषधिको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधि खाएर निको भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्