भारतीय सीमा सुरक्षामा खटिएका गोर्खा सैनिकले मृत्यु

नयाँदिल्ली : भारतीय सीमा सुरक्षामा खटिएका १ जना नेपाली गोर्खा सैनिकले मृत्यु भएको छ ।

जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे ५ बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू-कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवल्दार दीपक कार्कीको मृत्यु भएको जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट बेलायतमा थप १ नेपालीको मृत्यु

गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब ४ बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्