कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड, नो कोभिड

कोरोना भाइरस लाग्दैमा मृत्यु हुँदैन । ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफै निको हुन्छ । १० % लाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ । ५ % लाई सघन उपचारको आवश्यक हुनसक्छ । २.५ % निको भएर घर फर्किन्छन । बाँकी २.५ % लाई जोखिम हुनसक्छ |

उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन् । दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ ।

अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन । १०० % ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ । सानो स्यापल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन । ० % मृत्युदर तथा ३ दिनमै ६९ % कोरोना फ्री भएको भन्ने कुरा गलत छ । पतंजलिको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँ पनि पाइन्छ । यसले भाइरसलाई नष्ट गर्दैन ।

याे पनि पढ्नुस  जाे २०७६ मा रियालिटी शोका कारण लोकप्रिय बने

पतंजलि व्यापारिक संस्था हो । उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन् । हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं । त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं । आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ ।

कोभिड बिरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी बैज्ञानिक एन्थोनी फाउचीले बताएका छन् । यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ । खोप नै यसको भरपर्दो समाधान हो ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

तरकारी, फलफुल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन । यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसंग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्यालढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो ।

इम्युनिटी पावर बढाउन पोषिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोचको बिकास गर्ने, चिन्ता नलिने, योग/ध्यान गर्ने गर्नुपर्दछ ।

डिजिटल दूरी कायम गर्ने/मिडियाको व्रत लिने । आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने । दिमागबाट कोरोना हटाउने । शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ । शंका र अनावश्यक जिज्ञासा पाल्नु हुँदैन ।

याे पनि पढ्नुस  दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

ब्यबसायीले घाटा न्यूनीकरण गर्न बैकल्पिक पेशा अपनाउने । महँगो भाडा, ऋण तथा बिबिध खर्चलाई कटाएर तनाबमुक्त हुने । रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने ।

लाख जना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन । तपाइलाई संक्रमण भएपनि २/३ हप्तामा निको हुन्छ । आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ ।

हामीले केही बर्ष कोरोना भाइरससंगै बाँच्नु पर्ने हुनसक्छ । तसर्थः सरसफाई लगायत सुरक्षाबिधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्छ । सही तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग सर्दैन ।

(यो सामग्री डा. पाण्डेको फेसबुकबाट लिइएको हो ।)

कमेन्ट गर्नुहोस्