सीपीएल : सन्दीपको मूल्य १ करोड

काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले आज खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ ।

ड्राफ्टमा नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् ।

सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य अर्थात् १ करोड ८ लाख ५७ हजार रुपैयाँ तोकेका छन् ।

ड्राफ्टका लागि ५ सय३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन् । सीपीएलका लागि २३ देशका खेलाडीले नाम दर्ता गराएका छन् ।

याे पनि पढ्नुस  सीपीएलः पूर्व टिमविरुद्ध कस्तो रह्यो सन्दीपको पहिलो ओभर?

सन्दीपसँगै ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, डेभिड मिलर, अफगानिस्तानका मोहमद नाबी, अष्ट्रलियाका डिआर्ची सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् ।

सर्वाधिक मूल्य राख्नेमा भने पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन्।

याे पनि पढ्नुस  सीपीएलः पहिलो खेलमै सन्दीपआवद्ध बार्बाडाेस पराजित

इंग्ल्याण्डका इयान मोर्गनले १ लाख ३० हजार डलर मूल्य राख्दा टम बन्टन, टिम साउथी र बेन कटिङले १ लाख १० हजार अमेरिकी मूल्य निर्धारण गरेका छन् ।

सन्दीपले गत सिजनको सीपीएल बार्बाडसबाट खेलेका थिए । कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ ।

याे पनि पढ्नुस  सीपीएलः गेलको शानदार शतक, जमैकाले दियो पेट्रियट्सलाई २४२ रनको लक्ष्य

लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ । तर, ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ ।

कमेन्ट गर्नुहोस्