सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं : नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

याे पनि पढ्नुस  १९ तोला सुनसहित दुई जना पक्राउ

यस्तै, चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ । मंगलबार छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजावीको भाउ ९० हजार १६० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस भाउ १७६९.९६ डलर र चाँदी १७.८८ डलरमा कारोबार भएको महासंघले जनाएको छ । आंशिक रुपमा लकडाउन खुले पनि सुनको कारोबार ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । केही ग्राहकहरु भने सुन बिक्रीका लागि पनि पसलहरुमा आएको पाइएको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  १३ तोला सुनका गहना फिर्ता गर्ने चालकलाई यात्रुले दिए ‘सिक्रि उपहार’ !

अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दा सुनको भाउ असार महिनामै तोलामा एक लाख नाघ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको आंकलन छ । तत्काल कोरोना अन्त्य हुने अवस्था नभएको तथा अमेरिका, यूरोप र दक्षिण एसियाको असर अझै बढ्दै जाँदा अर्थतन्त्र झनै शिथिल बनेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

कमेन्ट गर्नुहोस्