यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि त्यही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज पनि प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँ तोकिएको छ ।

याे पनि पढ्नुस  यस्तो छ आज सुनको मूल्य

आज चाँदीको भाउमा भने १० रुपैयाँ गिरावट आएको छ ।

बुधबार ९ सय ४५ मा कारोबार भएको चाँदी आज प्रतितोला ९ सय ३५ रुपैयाँ निर्धारण गरिएको मासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्