इङ्गलिस प्रिमियर लिगः चेल्सीले म्यान्चेष्टरलाई हराउँदा लिभरपुल बन्यो च्याम्पियन

काठमाडौंः लिभरपुलले इङ्गलिस प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।

जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो ।

याे पनि पढ्नुस  च्याम्पियन्स लिगः अन्तिम खेल जित्नै पर्ने दबाबमा लिभरपुल

सन् १९८९–१९९० पछि लिभरपुलको यो पहिलो प्रिमियर लिग उपाधि हो । लिभरपुलले उपाधि जितेको यो १९ औं अवसर पनि हो ।

लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौं समर्थक जम्म भएर बधाई आदानप्रदान गरे । एनफिल्डका मेयरले घरमै बसेर खुशीयाली मनाउन गरेकोे आव्हानले समर्थकलाई रोक्न सकेनन ।

याे पनि पढ्नुस  इंग्लिस प्रिमियर लिगः लिभरपुल ८ अंक सहित शीर्ष स्थानमा

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछिसँगै बसेर खुशीयाली मनाए । सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।

लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुईवटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्