दूतावासको पहलमा यूएईबाट १ हप्ताभित्र १८ सय नेपालीको उद्धार

यूएईः यूएईस्थित नेपाली दूतावासको पहलमा १ हप्ताभित्र १८ सय नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकलाई चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउने सरकारको नीति अनुरुप दूतावासले प्राथमिकता क्रमअनुसार उद्दार कार्य सुरु गरिएको हो ।

गत १९ जुनमा बिहान ४ बजे नेपाल एअलाइन्सको पहिलो चार्टर्ड उडानमार्फत् १ सय ४८ जना नेपाली यूएइबाट स्वदेश फर्किएसँगै २६ जुनसम्म नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअरअरेबियाका १० चार्टर्ड उडानमार्फत् १८ सय नेपाली यूएईबाट नेपाल फर्किएको दूतावास स्रोतले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  यूएईमा रहेका नेपालीलाई १ हजार खाद्यान्न प्याकेट वितरण गर्दै दूतावास

सरकारले निर्धारण गरेको प्राथमिकता क्रमअनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेकका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, यूएईमा लामो समयदेखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्किएका हुन् ।

दूतावासले यूएईबाट नेपाल फर्किन चाहने नेपाली संख्या १७ हजार ३ सय माथि रहेको भनी परराष्ट्रलाई सिफारिस गरेको थियोे । जसअनुसार पहिलो चरणमा परेकाहरूको नियमित उद्दार सुरु भएको छ ।

याे पनि पढ्नुस  नेपाली दूतावासले पूरा गर्दै भोकै रहन नदिने प्रतिबद्धता,एकै दिन १ हजार प्याकेट खाद्यान्न सहयोग

नेपाल सरकारले लामो समयदेखि रोजगारी गुमाएका, रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकालाई निः शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितलाई समेत पहिचान गरेर छिट्टै स्वदेश पठाइने दूतावास स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्