सहसचिवको नतिजा सार्वजनिक, यी हुन् पास हुने भाग्यमानी

काठमाडौं : सामान्य प्रशासनतर्फका २२ जना उपसचिव सहसचिवको परीक्षामा पास भएका छन् । लोकसेवा आयोगले उनीहरू २२ जनालाई नियुक्त दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार असार २ गतेदेखि शुक्रबारसम्म उनीहरूको अन्तर्वार्ता भएको थियो । लिखित परीक्षा, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताबाट उनीहरू २२ जना सहसचिव भएका हुन् ।

याे पनि पढ्नुस  लोकसेवा आयोगविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

आयोगको सूचनाअनुसार नवराज ढुंगाना पहिलो नम्बरमा सिफारिस भएका छन्। उपसचिवहरू तीर्थराज भट्टराई, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, प्रकाश पौडेल, नारायणप्रसाद अर्याल, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजाल, बाबुराम गौतम, जीवलाल भुसाल, रोशनीकुमारी श्रेष्ठ र धर्मेन्द्र कुमार मिश्र पनि सहसचिवको नियुक्तिका लागि सिफारिसमा परेका छन् ।

याे पनि पढ्नुस  आदिवासी जनजाति महासंघ मलेसियाद्वारा लोकसेवाको बिज्ञापन खारेजीको माग

त्यस्तै, महेश बराल, सुनिता नेपाल, नारायणप्रसाद रिसाल, विष्णुप्रसाद कोइराला, अरुण पोखरेल, अर्जुनप्रसाद भट्टराई, महेश भट्टराई, लक्ष्मीप्रसाद निरौला, बुद्धबहादुर गुरुङ र सुरेश न्यौपाने पनि सहचिवको परीक्षामा उत्तीर्ण भएका छन्।

सूची :

कमेन्ट गर्नुहोस्