राखेपका पूर्वसदस्य सचिव सिंहको निधन

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।

सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य-सचिव हुन् ।

याे पनि पढ्नुस  सागः दशरथ रङ्गशाला दुलही झैँ सिँगारिँदै

उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य-सचिवको जिम्मेवारीमा थिए । स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।

राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्