मृत भेटिए उसु खेलाडी वीरमान वाइबा

काठमाडौंः उसु खेलाडी वीरमान वाइबा आफ्नै कोठमाडा मृत भेटिएका छन् । नेपालको प्रतिनिधित्व गर्दै १८ औँ एसियन गेम्समा सहभागिता जनाइसकेका वाइवाको काभ्रेस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

‘शनिबार राति अभ्यास गरेर घर आएपछि खाना खाएर सुतेका थिए । तर, बिहान ढिलासम्म नउठेपछि किन ढिला उठ्यो भनेर जाँदा मृत भेठिएका हुन्,’ वाइवाको पारिवारिक स्रोतले भन्यो, ‘राति सुत्दा सामान्य अवस्थामै थिए । तर, बिहान उठ्दा मृत्यु भइसकेको रहेछ ।’

याे पनि पढ्नुस  उसुमा विजयले पनि जिते स्वर्ण

वाइवा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए ।

एसियन गेम्सको छनोट प्रतियोगिताकारूपमा रहेको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनी एसियन कपका लागि छनोट भएका थिए ।

याे पनि पढ्नुस  १३औं सागः उसुमा जुनीले दिलाइन् नेपाललाई स्वर्ण

उसुभन्दा अगाडि उनी नेपाल क्योकुशिन फुल कन्ट्याक्ट् कराते खेलाडी रहेको उनका सहकर्मी किरण सिंह साउदले बताएका छन् । वाइवा तेकोसिन करातेमा नेपालबाट १० पटकभन्दा बढी च्याम्पियन रहिसकेका छन् ।

कमेन्ट गर्नुहोस्