१ किलो सलह ल्याए २५ रुपैँया दिने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले १ किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस्तो निर्णय गरिएको जानकारी दियो ।

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई १ किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  एमाले प्रदेश सचिव रावलद्वारा मन्त्रीको कक्षमा पुगेर हातपात, मन्त्रीले नै अभद्र व्यवहार गरेको रावलको आरोप

सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरूले तत्काल नगद दिने उनले बताए ।

कमेन्ट गर्नुहोस्