आज कुन कुन राशिका लागि शुभ ?

आज १५ आषाढ २०७७ सोमबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

लाभ,हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

याे पनि पढ्नुस  आज कस्तो छ तपाइँको दिन? हेर्नुस् यस्तो भन्छ राशिफल

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

याे पनि पढ्नुस  कस्तो बित्दै छ तपाइको आजको दिन ? हेर्नुस् यस्तो भन्छ राशिफल

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मनपनि लाग्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

याे पनि पढ्नुस  आज - १५ कार्तिक २०७६ शुक्रवारको राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मित्र वा आफन्तको सहयोग मिल्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कमेन्ट गर्नुहोस्