चीनमा फेरि देखिन थाल्यो कोरोना, कडा लकडाउन लागू

काठमाडौंः चीनले राजधानी बेइजिङ नजिकै रहेको हिबेई प्रान्तमा फेरि लकडाउन कडा लागू गरेको छ । त्यहाँ कोरोना संक्रमित भेटिएपछि पुनः कडा लकडाउन लागू गरिएको हो ।

लकडाउनबाट करिब चार लाख मानिसहरू प्रभावित हुनेछन् । कोरोना भाइरस गत वर्षको अन्त्यमा चीनबाट सुरु भएको थियो । तर, चीनले नियन्त्रणमा लिए सफल भएको थियो ।

तर पछिल्लो पटक संक्रमित भेटिन थालेपछि चीनमा कोरोनाको अर्को चरण शुरू हुन लागेको हो कि भनेर स्वास्थ्य अधिकारीहरूले सरकारलाई सचेत गराएका छन् ।

याे पनि पढ्नुस  ट्रम्पले भने, ‘मे १ अगाडि लकडाउन खुल्छ’

हिबेईमा के भइरहेको छ ?
अधिकारीहरूका अनुसार सबै कुरा यहाँ नियन्त्रणमा राखिनेछ । अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान अनुमति दिइनेछ । बाहिर रहेको व्यक्तिलाई कुनै भवन, कुनै समुदाय र कुनै गाउँमा प्रवेश गर्न अनुमति हुनेछैन ।

यदि नियम उल्लङ्घन गरेमा प्रहरीले उनीहरूलाई सजाय दिनेछ । बेइजिङमा दुई हप्ताअघि नयाँ कोरोना संक्रमित फेला परेपछि एन्शिन काउन्टीमा १८ संक्रमित भेटिएका थिए । यो क्षेत्रमा चीनको अन्य शहरहरूको तुलनामा धेरै भीड छैन । त्यसकारण स्थानीय स्वास्थ्य विज्ञहरू आशा गर्छन् कि संक्रमण रोकिन सक्छ ।

याे पनि पढ्नुस  लकडाउनका बीच उत्तरप्रदेशमा एक दिन एक अर्बको मदिरा बिक्री

बेइजिङको अवस्था कस्तो छ ?
चीनमा कोरोनाको अवस्था धेरै देशहरूको तुलनामा कम छ । तर अधिकारीहरु राजधानी बेइजिङमा भर्खरै संक्रमण घटनाहरूको बारेमा चिन्तित छन् ।

गत २४ घण्टामा, बेइजिङमा नयाँ १८ संक्रमित थपिएका छन् । जुनमध्यबाट एक खाद्य बजारमा शुरू भएको संक्रमण संख्या ३११ पुगेको छ ।

याे पनि पढ्नुस  चीनमा फल्दैछन् माओको अनुहार भएका लौका, अरु अनुहारका पनि पाइन्छन्

यद्यपि अमेरिका र अन्य धेरै देशहरूको तुलनामा यो संख्या थोरै भए पनि बेइजिङको अवस्थामा चिनियाँ अधिकारीहरूले संक्रमण रोक्न चाँडो कदम चालेका छन् ।

कमेन्ट गर्नुहोस्