पाकिस्तानमा आर्मीको आक्रमण, कम्तीमा ७ जनाको मृत्यु

काठमाडौंः कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ । समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ । बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ४ जना घाइते

पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन् । त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले ‘सबैमाथि गोली हानेको’ बताएका छन् ।

जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ । बीबीसी

कमेन्ट गर्नुहोस्