नेपालमा आज ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं : नेपालमा आज ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

याे पनि पढ्नुस  विश्वकै सबैभन्दा ठुलो शरणार्थी शिविरमा देखियो कोरोना

त्यस्तै आज १ सय २१ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ४३ पुगेको छ । जसमा २ हजार ८ सय ६६ पुरुष र २ सय ६६ महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्