काठमाडौंमा आज ६ जनामा कोरोना, ललितपुर र भक्तपुरमा पनि थपिए संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमितमा काठमाडौंका ६, ललितपुर र भक्तपुरका १/१ जना रहेका छन् । ८ मध्ये ६ पुरुष र २ महिला हुन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमण देखिएका ८ देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा दिन बन्द

उपत्यकामा पनि संक्रमितको बढ्दो क्रममा छ । आइतबार उपत्यकामा १ जना मात्र संक्रमित थपिएका थिए ।

आज ४७६ जनामा कोरोना संक्रमित

नेपालमा आज ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  कोरोनासँग जुझ्न जडीबुटी कति प्रभावकारी ?

योसँगै सङ्क्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ । त्यस्तै आज १ सय २१ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ४३ पुगेको छ । जसमा २ हजार ८ सय ६६ पुरुष र २ सय ६६ महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्