स्वास्थ्य मन्त्रालयको अनुरोध : काठमाडौंजस्ता घनाबस्तीमा संक्रमण बढेकाले अनावश्यक बाहिर ननिस्कनू

काठमाडौं : काठमाडौं उपत्यका लगायत घनाबस्तीमा कोरोना संक्रमण बढ्न थालेकाले अनावश्यक घर बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनरोध गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अनावश्यक घर बाहिर ननिस्किन अनुरोध गरेका हुन् ।

याे पनि पढ्नुस  थप ७ जनामा देखियो कोरोना

साथै, उनले घरबाट बाहिर निस्किन परेमा दुई मिटरको दूरी कायम गर्न र अनिवार्य मास्क समेत प्रयोग गर्न सुझाएका छन् ।

‘काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएको शहरमा कोरोनाभाइरसको संक्रमण वृद्धि भएकोले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न, साबुन पानीले मिचिमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट ननिस्कन, वृद्धवृद्धालाई थप सुरक्षामा राख्न मन्त्रालय हार्दिक हपिल गर्दछ’ प्रवक्ता गौतमले भने ।

नेपालमा आज ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौंमा आज ६ जनामा कोरोना, ललितपुर र भक्तपुरमा पनि थपिए संक्रमित

कमेन्ट गर्नुहोस्