बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, महत्वपूर्ण निर्णय हुने सम्भावना

काठमाडौं : प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

साँझ ६ बजेदेखि सुरु भएको बैठकमा समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा छलफल भइरहेको बुझिएको छ ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

त्यस्तै, सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट पनि छलफल भइरहेको बताइएको छ ।

सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।

कमेन्ट गर्नुहोस्