बैंकबारे महत्वपूर्ण जानकारी

 बैंक भनेको के हो  ?

सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ । अर्को भाषामा बैंकलाई जनताको धनराशी जम्मा गर्ने तथा जनतालाई कर्जा प्रवाह गर्ने वित्तीय संस्था पनि भन्ने गरिन्छ । खासगरी जनताले आफ्नो धनराशीको सुरक्षा र ब्याजको आसामा बैंकमा पैसा राख्ने गर्छन् । बैंकमा जम्मा गरेको धनराशी पुर्व र्निधारित बैंकिङ नियम पुरा गरि निकाल्न र फेरी राख्न पनि सकिन्छ । यदि कसैलाई ऋणको आवश्यकता परेको छ भने आबश्यक प्रकृया पुरा गरी ऋण लिन पनि सकिन्छ ।

किन पर्छ बैंकको आवश्यकता
पछिल्लो समय बैंकको प्रभावकारीता निकै बढेको छ । नेपालको परिप्रेक्ष्यमा एक दशक अघिसम्म बैंकलाई खासै नबुझेका मानिसहरु आज बैंकिङ कारोबार गरिरहेका छन् । आज ६० प्रतिशतभन्दा बढी नेपालीहरु बैंकिङ सेवा लिइरहेका छन् । मुख्य रुपमा लगानीको सुरक्षा, आवश्यकताअनुसार प्राप्त गर्न सकिने सेवा सुविधा लगायतका कारण मानिसहरु बैंकमा पैसा राख्ने गर्छ । बैंकको महत्वहरुलाई बुँदागत रुपमा हेरौँ :

बचत गर्ने बानीको बिकास गर्न,
अर्थब्यबस्थाको मौद्रिकीकरण गर्न,
कृषि एबम् पिछडिएको क्षेत्रको बिकास गर्न,
समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न,
बिदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न,
आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन,
कोशको स्थानान्तरण गर्न,
रोजगार एबम सीपमुलक ब्यवसायको सृजना गर्न,
मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न,
उद्योगधन्दा एबम ब्यापारको बिकास गर्न,
आर्थिक बिकास गर्न,
बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न ।

बैंकको वर्गाीरण
राष्ट्र बैंक को निर्देशन बमोजिम तपसिल अनुसार बर्गीकरण गरिएको छ । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गका बैंक तथा बित्तीय संस्था को ब्यबस्था गरिएको छ । सो वर्गीकरण अनुसार २०० करोड रुपैयाँ चुक्ता पुँजी भएका बैंकलाई वाणिज्य बैंक अर्थात् क वर्गका बैंक भनिएको छ । यस्ता बैंकहरुलाई नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी ८ सय करोड पुर्याउन बाध्यकारी व्यवस्था गरिदिएको छ । उनीहरुले २०७४ असार मसान्तसम्म ८ सय करोड चुक्ता पँुजी पुर्याउनै पर्ने छ । त्यस्तै ख वर्गमा वर्गीकरण गरिएका विकास बैंकहरु हुन् । ती बैंकहरु पनि दुई तहमा संचालित हुन्छन् । हाल ६४ करोड रुपैयाँ चुक्ता पुँजी भएका बैंकहरु राष्ट्रिय स्तरका विकास बैंकहरु हुन् । नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड चुक्ता पुँजी हुनुपर्ने छ । ४ देखि १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंकहरुको चुक्ता पुँजी ३० करोड हुनुपर्ने व्यवस्था रहेकोमा अब ती विकास बैंकहरुले १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था लागु भएको छ । त्यस्तै १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र वित्त कम्पनीहरु हुन्छन् । तीमध्ये विकास बैंकहरु हाल ३० करोड चुक्ता पुँजीमा चलिरहेका छन् । अब उनीहरुले पनि ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ भने वित्त कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने छ । ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरु पनि हुन्छन् । वित्त कम्पनी राष्ट्रिय स्तरका ३० करोड रुपैयाँ र २० करोड रुपैयाँ, १ देखि ३ जिल्लाको पनि १० करोड रुपैयाँ चुक्ता पुँजी भई सञ्चालित हुन्छन् । त्यस्तै १० करोड चुक्ता पुँजी भएका राष्ट्रिय स्तरका लघुवित्त संस्थाहरु पनि हुन्छन् । लघुवित्त कम्पनीहरु क्षेत्रीस्तरका ६ करोड चुक्ता पुँजी भई सञ्चालित हुन्छन् । ४ देखि १० जिल्लाका लागि खुलेका लघुवित्तहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ हुन्छ भने १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको चुक्ता पुँजी १ करोड रुपैयाँ हुन्छ । अब ती लघुवित्त कम्पनीहरुले पनि आफ्नो चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 क बर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु :
अहिले नेपालमा संचालित विभिन्न वर्गका बैंकहरुको आ–आफ्नै काम र कर्तब्य र अधिकार हुन्छन् । खासगरि क वर्गका बैंकका काम, कर्तव्य र अधिकारहरु बुँदागत रुपमा हेरौँ ।
१। ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
२। राष्ट्र बैंकले तोकेबमोजिम कर्जा दिने ।
३। प्रचलित कानुनको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
४। हायर पर्चेज, हाउजिङ, हाइपोथिकेशन, लिजिङ तथा सेवा ब्यबसायको लागी कर्जा दिने ।
५। राष्ट्र बैंकको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
६। अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
७। आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
९। स्वदेशी वा बिदेशी बैंक वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
१ं०। प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
११। राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
१२। राष्ट्र बैंकको निर्देशनको अधिनमा रही क्रेडिटकार्ड, डेविटकार्ड, चार्जकार्ड लगायत अन्य बित्तिय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्ने एजेण्ट नियुत्त गर्ने
१३। एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
१४। आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
१५। आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
१६। राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेण्ट भइ नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
१७। नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
१८। ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको १९। ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा बिदेशमा समेत पठाउने ।
२०। नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
२१। सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
२२। राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
२३। विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
२४। आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
२५। अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
२६। राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
२७। आबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
२८। परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
२९। परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
३०। कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
३२। आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
३३। समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
३४। आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
३५। राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

याे पनि पढ्नुस  बैंकमार्फत नै करोडौँ रकम अवैध रूपमा बाहिरिँदै

 ख बर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु
१। राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
२। हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
३। प्रचलित कानुन तथा राष्ट्र बैंकको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
४। अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
५। आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
६। एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
७। प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
८। राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
९। आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
१०। आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
११। राष्ट्र बैंकले तोकेको शर्तको अधिनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
१२। नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
१३। ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
१४। नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
१५। सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
१६। राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
१७। विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
१८। आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१९। अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
२०। राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
२१। आबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
२२। परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
२३। परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
२५। कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
२७। आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
२८। कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
जग्गा बिकास
२९। समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
३० आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
३१। राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

याे पनि पढ्नुस  आक्रमण गरी बैंकको पैसा लुटियो

 बर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु
१। राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
२। हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
३। मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
४। अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
५। बैंक वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
६। आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
७। आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
९। आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
१०। प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
११। भारतीय रुपैया खरीद बिक्री गर्ने ।
१२। विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
१३। आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१४। कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
१५। कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
जग्गा बिकास
१६। ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
१७। आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
१७। राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

याे पनि पढ्नुस  बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं

ुघु बर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु
१। राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
२। तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
३। राष्ट्र बैंकले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सन्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
४। इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकर्ति आबश्यक छ ।
५। लघुकर्जा उपलब्ध गराउनु अगाडी जुन कार्यको लागी कर्जा माग भएको हो सो को मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
६। न्युन आय भएका ब्यत्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
७। लघु ब्यबसाय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र आबश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
८। लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आबश्यक सेवा प्रदान गर्ने ।
९। लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आबश्यक कारबाही गर्ने ।
१०। लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आबश्यक निर्देशन दिने ।
११। आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
१२। आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने ।

बैंकहरु के कस्ता सेवाहरु प्रदान गर्छन् रु
१। निक्षेप स्वीकार गर्ने
२। कर्जा प्रदान गर्ने
३। बिदेशी मुद्राको बिनिमय
४। सेफ्टी भल्ट
५। लकर प्रणाली
६। बैंक अधिबिकर्ष
७। बिप्रेषण
८। बैंक जमानत
९। कार्यसम्पादन जमानत
१०। ब्यापारी बैंकिङ सुविधा
११। अभिकर्ता सेवा
१२। सुचना
१३। बाणिज्य नोट खरीद गर्ने
१४। बित्तीय परामर्श

बैंकको योगदान
खासगरि नेपालको गरिबी न्युनिकरण, भौगोलिक विकासलगायतका क्षेत्रमा बैंकिङ क्षेत्रको योगदान फराकिलो हुँदै गएको छ । लगानीको सुरक्षादेखि उद्यमशील क्षेत्रमा लाग्न चाहानेहरुलाई बैंकहरुले कर्जा प्रवाह गरिरहेका छन् । उत्पादनमूलक क्षेत्रमा बैंकहरुको विस्तारै लगानी बढिरहेको छ जसलाई अर्थतन्त्रको लागि सकारात्मक संकेतका रुपमा लिन सकिन्छ । तर बैंकहरुले पनि आफ्नो भूमिका र योगदानको दायरा अझै फराकिलो बनाउनु आवश्यक देखिन्छ । खासगरि वाणिज्य बैंकहरुलाई उत्पादनशील क्षेत्र र गरिबी न्युनिकरणको क्षेत्रमा लगानी गर्न आलटाल गर्ने गरेको आरोप लाग्दै आएको छ । यद्यपी आरोप लागेजस्तै पूर्ण रुपमा वाणिज्य बैंकहरु त्यतापट्टि उदाशीन भएको भने पक्कै होइन तर ती क्षेत्रमा लगानीको दायरा अझै बढाउन भने आवश्यक छ । उल्लेखित सामाग्रीहरु नेपाली विकिपिडिया तथा राष्ट्र बैंकको सहयोगमा तयार पारिएको हो ।

कमेन्ट गर्नुहोस्