कोरोनाबाट बंगलादेशका रक्षा सचिव चौधरीको मृत्यु

ढाका : बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।

उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान साढे ९ बजे मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् ।

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

याे पनि पढ्नुस  डब्ल्यूएचओको चेतावनीः ‘कोरोना झन डरलाग्दो हुन सक्छ’

उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उहाँलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए । बंलादेशमा अहिलेसम्म १ लाख ४१ हजार जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने एक हजार ७८३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्