भारतमा टिकटकसहित ५९ एपमाथि प्रतिबन्ध

काठमाडौं : भारत सरकारले टिकटकसहितका विभिन्न चिनियाँ एप्स बन्द गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने गरिने भएको हो ।

एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो । सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् ।

याे पनि पढ्नुस  १ अर्ब ५० करोड पुगे ‘टिकटक’का प्रयोगकर्ता

लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए । दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो । भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।

भारतले प्रतिबन्धलगायका ५९ एप

याे पनि पढ्नुस  प्रहरी बर्दीमा पेस्तोल देखाएर टिकटक बनाएपछि...

 

कमेन्ट गर्नुहोस्