उपत्यका बाहिर जाने पास लिन नयाँ नियम

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ ।

सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ ।

याे पनि पढ्नुस  सवारी पास लिन आमाको मृत्युको झुटो विवरण दिएपछि...

निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ ।

निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  आजदेखि काठमाडौंमा गल्लीमा पनि हिँडडुल गर्न नपाइने (निर्णयसहित)

यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा

 

कमेन्ट गर्नुहोस्