कोरोना कहाँबाट आएको हो ? पत्ता लगाउँदै डब्ल्यूएचओ

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन विज्ञको टोली चीन पठाउने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको भाइरस कहाँबाट आएको हो भनेर पत्ता लगाउन डब्ल्यूएचओले अर्को हप्ता विज्ञको टोली चीन पठाउँदैछ।

मेको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरूलाई बोलाउन चीनलाई भनेको छ, जसले कोरोना भाइरसकोस्रोत पत्ता लगाउन सहयोग पुर्याउँछ ।

याे पनि पढ्नुस  सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम जिब्रियोसले एक भर्चुअल प्रेस सम्मेलनमा भने, ‘जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामी यसलाई अझ राम्रोसँग लड्न सक्षम हुन्छौं । यो कहाँबाट आएको हो भन्ने पत्ता लगाउनु पर्छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं र हामी आशा गर्छौं कि यसले भाइरसको उत्पत्ति बुझ्न मद्दत गर्दछ ।’

याे पनि पढ्नुस  गर्मी मौसममा कोरोना कम हुन्छ ? के भन्छ डब्ल्यूएचओ ?

यद्यपि उनले टोलीमा को हुने र आफ्नो लक्ष्य के हुने भनेर स्पष्ट पारेका छैनन । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो भाइरस जनावरबाट मानिसकहाँ आएको हुनसक्छ वुहानको बजारबाट, जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ ।

डब्ल्यूएचओले कोभिड–१९ र विभाजित संसारको राजनीतिकरणको बीचमा डरलाग्दो अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएको छ । बीबीसी

कमेन्ट गर्नुहोस्