यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णयदेखि काठमाडौं उपत्यका आउनेका लागि कडाइसम्मका निर्णय गरेको छ ।

१. लकडाउनको स्वरुप फेरबदल नगरी अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

२. अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान साउन ७ गतेसम्म बन्द राख्ने ।

३. अब काठमाडौं प्रवेशमा पनि थप कडाई । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने ।

याे पनि पढ्नुस  सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

४. विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने ।

५. आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने ।

कमेन्ट गर्नुहोस्