भारतमा कोरोना संक्रमितको ग्राफ बढ्दो

काठमाडौंः भारतमा लगातार कोरोना संक्रमित बढ्दै गइरहेका छन् । त्यहाँ दैनिक १५ देखि २० हजार संक्रमित बढिरहँदा २ देखि ४ सय जनाको मृत्यु भइरहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सोमबार १८ हजार ३३९ जना नयाँ संक्रमित थपिएका छन् भने ४१७ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमित ११ हजार नाघे, करिब ४ सय को मृत्यु

भारतमा आइतबार १९ हजार ६२० हजार संक्रमित थपिएका थिए भने ३८४ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहान ९ बजेसम्मको तथ्याङकअनुसार भारतमा संक्रमित संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ भने १६ हजार ९०४ जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  मलेसियामा थप ९ नेपालीमा कोरोना संक्रमण

त्यहाँ संक्रमितसँगै निको हुनेको संख्या पनि बढिरहेको छ । संक्रमितमध्ये ३ लाख ३५ हजार बढी निको भइसकेका छन् । २ लाख १५ हजारको उपचार जारी हुँदा ९ हजारको अवस्था गम्भीर छ ।

कुन प्रदेशमा कति ?

भारतको महाराष्ट्र सबैभन्दा पीडित बनेको छ ।

याे पनि पढ्नुस  चीनबाट ल्याइयो साढे आठ करोडका स्वास्थ्य सामग्री, के के छन् ?

 

 

कमेन्ट गर्नुहोस्