पसल चोर्न आएका लुटेरा लखेटेपछि अष्ट्रेलियामा नेपाली युवतीको चर्चा

काठमाडौं : अष्ट्रेलियाको सिड्नीको अर्वनमा सोमबार साँझ १ नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर चर्चा पाएको छ।

रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ ७ बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।

याे पनि पढ्नुस  ३५० केजीको विशाल गोही भेटियो!

उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन।

‘अहिले सम्झँदा डर लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्राले भनिन्। पसल बन्द गर्ने बेलामा आफूले दिदीलाई कुरेर बसेका बेला घटना घटेको उनले बताइन्।

याे पनि पढ्नुस  इन्गेजमेन्टको हिराको औंठी फोहोरमा फ्याँके पछि, ३० टन फोहोरमा खोजी

‘पसलमा तरकारीको बक्स काट्न प्रयोग हुने चक्कु काउन्टर छेउमै रैछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँट आयो खोइ, चक्कु लिएर जाइलागेँ’ उनले भनिन्।

सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ। स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्।

याे पनि पढ्नुस  अष्ट्रेलियामा जनावरलाई हेलिकप्टोरबाटै फलफूल र तरकारी

कमेन्ट गर्नुहोस्