कञ्चनपुरमा भेटियो ११ फिट लामो अजिङ्गर

महेन्द्रगर : कञ्चनपुरमा ११ फिट लामो अजिङ्गर फेला परेको छ । जिल्लाको कृष्णपुर नगरपालिकाको चुरे फेदमा लोपोन्मुख संरक्षित अजिङ्गर फेला परेको हो ।

चुरे फेदबाट बस्तीतिर आइरहेको अवस्थामा ४० किलो तौल र ११ फिट लम्बाई भएको अजिङ्गर फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

याे पनि पढ्नुस  कञ्चनपुरमा आज भेटिएका संक्रमित चैत २ गते भारत गएका थिए

चुरेमा फेला परेको अजिङ्गर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको छ ।

कमेन्ट गर्नुहोस्