पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो ।

मूल्य बृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ ।

याे पनि पढ्नुस  प्याजको मूल्य घट्यो

कमेन्ट गर्नुहोस्