गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा १ जना पक्राउ

काठमाडौः पूव सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेका छन् । भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए ।

याे पनि पढ्नुस  विप्लव समूहका गतिविधि बन्द, कोरोनाबारे जनचेतना फैलाउन कार्यकर्तालाई आग्रह

प्रतिबन्धित विप्लव समूहले झुठा मुद्दा लगाइएको दाबी गरेको छ । गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो ।

कमेन्ट गर्नुहोस्