अमेरिकामा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः अमेरिकामा कोरोना भाइरसले नयाँ रेकर्ड कायम गरेको छ ।

गत २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित भेटिएसँगै त्यहाँ कोरोनाले संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम गरेको हो ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५१ हजार ९७ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा यति धेरै संख्यामा संक्रमित थपिने पहिलो मुलुक पनि अमेरिका बनेको छ ।

याे पनि पढ्नुस  यसो गर्दा कोरोनासँग बचिन्छ भन्दै फैलिएका यि सात झुटा कुरा

योसँगै अमेरिकामा कुल २७ लाख ७८ हजार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा गएको २४ घण्टामा ६ सय ६६ जना व्यक्तिको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट २१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

त्यस्तै हाल १४ लाख ८७ हजार ६ सय १२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ११ लाख ५९ हजार ७ सय ४३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै न्यूयोर्क प्रभावित भएको छ । न्युयोर्कमा ४ लाख १८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार १ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

न्युयोर्कपछि क्यालिफोर्नियामा २ लाख ३८ हजार ३ सय ९१ जनामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्