बेलायतमा कोरोना खोप परीक्षणले जगायो आशा

काठमाडौंः बेलायतमा कोभिड–१९ को खोपको परीक्षणले सकारात्मक नतिजा प्राप्त गरेको छ र आशा जगाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीमा गरिएको परीक्षणले सकारात्मक नतिजा दिएको र अब यी परीक्षणहरू क्लिनिकल चरणको तेस्रो चरणमा पुगेका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका भ्याक्सोलजीका प्राध्यापक सारा गिलबर्टले भनेकी छन्, ‘अर्को चरणको परीक्षणका लागि ८ हजार स्वयंसेवकहरू दर्ता भएका छन् ।’

याे पनि पढ्नुस  काठमाडौंमा आज ५ जनामा कोरोना संक्रमण

यो खोप कति लामो समयसम्म तयार हुनेछ भन्ने खुलेको छैन, किनकि यसको भविष्य परीक्षणको परिणाममा निर्भर गर्दछ ।

कमेन्ट गर्नुहोस्