बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, ७ घाइते

बाराः चट्याङ लागेर ४ महिलाको मृत्यु छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् । उनीहरू बिहीबार बिहान खेतमा धान रोपिरहेका थिए ।

सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको बारामा डीएसपी गौतम मिश्रले बताए ।

याे पनि पढ्नुस  हिँडदा हिँड्दै बृद्धको मृत्यु

चट्याङ लागेर फेटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागी उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्