गण्डकी प्रदेशमा संक्रमित संख्या १ हजार नाघ्यो

पोखराः गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।

बिहीबार बिहान चार जिल्लामा आठ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने सङ्क्रमित तनहुँमा तीन जना पुरुष स्याङजाका दुई जना पुरुष, पर्वतका दुई जना पुरुष र बाग्लुङमा पनि एक जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  तीन अङ्कले बढ्दै कोरोनाः कुन प्रदेश र जिल्लामा कति ? (सूचीसहित)

सबै सङ्क्रमितलाई जिल्लाकै आइसोलेसन कक्षमा लाने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्